हामी छौ टिमद्वारा थाहाकी नेपाली छनौट, आर्थिक सहयोग गर्ने

बाइलाइन नेपाल
२१ असार २०८१, बिहीबार ०९:२४

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागबाट छायांकन भैरहेको डकुड्रामा “हामी छौ” को टोली थाहाको शिखरकोट आइपुगेको छ।

सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिका वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो।

डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।

थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोट आएको थियो। निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको छ भने अवको आर्थिक सहयोग नेपालीको बैंक खातामा जम्मा हुने प्रस्तुतकर्ता शोभित बस्नेतले बताए।

अहिले लाई निज चिनीमैयाँ नेपाली र थाहा वडा न ४ का अध्यक्ष नारायण लामाको नाममा कामना सेवा बिकास बैंकमा संयुक्त खाता खोलिएको छ” बस्नेतले भने अवको आर्थिक सहयोग वहाँहरुको नाममा रहेको खातामा जम्मा हुन्छ ।

थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पुर्याउदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन।

डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अतिबिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु