हेटौडामा टिभिएसको मनसुन अफर

बाइलाइन नेपाल
२४ जेष्ठ २०८१, बिहीबार १४:४४

हेटौंडा। टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ ।
मनसुन अफर अन्तरगत जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टमा जेठ २३ गतेदेखि २८ गतेसम्म एस्चेन्ज अफर संचालनका आएको सञ्चालक प्रबेश राज बरुवालले बताए ।

मनसुन अफरको अवधिमा नयाँ मोटरसाईकल र स्कुटरहरु खरिद तथा पुराना मोटरसाईकल र स्कुटरहरुसंग नयाँ मोटरसाईकल र स्कुटरहरु साट्न सकिने बरुवालले बतााए ।

हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ । अटो मार्टमा मोटरसाईकल, स्कुटर मर्मत र सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

अफरमा मोटरसाईकल र स्कुटरहरु एक्सचेन्ज वा नयाँ खरिद गर्दा ग्रहाकले अतिरिक्त मूल्यांकन, नगद छुटका साथै सरल किस्ताबन्दीको सुविधा र हेलमेट, बाईक कभर र रेनकोट उपहार स्वरुप प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*