झसापको टिकटमा मुक्तक साँझ, स्रष्टा पोखरेल सम्मानित

बाइलाइन नेपाल
२६ चैत्र २०८०, सोमबार ०७:१६

हेटौंडा । झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले मोरङका मुक्तककार बाबुराम पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई १५,५५५ राशिको ‘शिव–सावित्री अधिकारी स्मृति साहित्य सम्मान’ ले सम्मान गरिएको हो ।

यसअघि सार्वजनिक भएका उत्कृष्ट १० मुक्तकारहरूमध्ये ज्ञानदीप शिक्षा निकेतन माविकी छात्रा आकाङ्क्षा निरौला सर्वोत्कृष्ट भएकी छिन् । संस्थाले उनलाई ५ हजार ५ सय ५५ नगद राशिको ‘शिव–सावित्री मुक्तक पुरस्कार’ र प्रमाणपत्रले सम्मान गरेको छ । प्रतियोगितात्मक कार्यक्रममा साहित्य सर्जक पुरूषोत्तम आचार्य र अमृता लामिछानेले निर्णायक रहेका थिए ।

टिकटमा मुक्तक कार्यक्रमअन्तर्गत डडेल्धुराकी पार्वती भट्ट, स्याङ्जाकी अमृता पोख्रेल, धादिङकी निर्मला स्नेहीका साथमा मकवानपुरका स्रष्टाहरू सानु खनाल र दीपक गौतमले ६÷६ वटा मुक्तकहरू वाचन गरेका थिए

कार्यक्रममा मन्तव्यका क्रममा झसापका संस्थापक अध्यक्ष तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारी,बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्य सर्जकहरू राजकुमार लामिछाने, सागर तिमल्सिना, निमेष निखिल, रामकुमार एलन, सुबास सजल, छवि अनित्य, मञ्जु मैनाली, दिनेश शर्मा आदिको उपस्थिति रहेको थियो ।

झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षतामा सञ्चालित ३०२ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने प्रमुख अतिथि रहेका थिए । मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा सञ्चालित कार्यक्रमलाई झसाप सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*