प्रदेश राजधानी हेटौंडामा सहकारी दिवस मनाईयो
हेटौंडा । “सहकारीमा सुशासन स् प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस वागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रमसहित मनाइएको छ ।
सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारी सहितको सहभागिताकमा प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।
६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामासभा भएको थियो । सभामा मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासलाई कायम राख्नपर्ने बताए । उनले सहकारीको समस्या समाधान गर्नका लागि सहकारी अभियान एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नका लागि अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारीको नारा अनुरुप सहकारीहरु प्रविधिमा केन्द्रीत भई सहकारीमा सुशासन ल्याउनुपर्ने बताए।
त्यस्तै, प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले समुदायमा आर्थिक, उत्पादनशील व्यवसाय र रोजगारीका क्षेत्रमा कार्य गरेको बताए । उनले गुणस्तरीय सहकारी संस्थाको निर्माणका लागि सहकारीहरुको एकीकरण गर्नु आवश्यक रहेको बताए ।
देवकोटाले राज्यको तीन खम्बे अर्थनीति अन्तरगत सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाका रजिष्ट्रार एवम् प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका सदस्यसचिव रोहित पोखरेल स्वागत मन्तव्य व्प्यक्त गरेका थिए ।
कार्यक्रममा प्रभातफेरि ¥याली प्रदर्शनमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका पाँचवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम भई पुरस्कृत हुनेमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा ११, द्वितिय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि। हेटौंडा–१३, तृतीय हुने महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१२ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ र साना किसान कृषि सहकारी संस्था हनामाडी हेटौंडा–१८ लाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३÷३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा भएको सहकारी दिवस कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुर, राष्ट्रिय सहकारी बैंक लि। हेटौंडा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्य रहेको थियो ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।