बागमतीमा सत्ता गठबन्धनलाई बहुमत जुट्यो, बज्राचार्य पर्यटनमन्त्री

हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बर्जाचार्यलाई प्रदेशको संस्कृति, पर्यटन तथा संस्कृति मन्त्रीका रुपमा नियुक्त गरेर सपथग्रहण गरिएको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्री बर्जाचार्यलाई सपथग्रहण गराएका छन् । । अहिलेको नयाँ गठवन्धनको सरकारलाई बहुमत पुर्याउनका लागि समस्या भइरहेको समयमा बर्जाचार्यलाई मन्त्रीमा नियुक्त गरेसंगै बागमती प्रदेश सरकारलाई बहुमत पनि पुगेको हो ।
मन्त्रीका रुपमा सपथग्रहण गरेलगतै पत्रकारहरुसंग प्रतिक्रिया दिदै मन्त्री बर्जाचार्यले यस प्रदेशमा आफुहरु सरकारमा सहभागि नहुँदा फेरि चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था आएकाले सरकारमा सहभागी भएको बताए।
मंगलबार मात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् ।
गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।
वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।