माओवादी केन्द्र थाहा ३ को वडा सम्मेलन सम्पन्न

थाहानगर /नेकपा माओबादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ३ को वडा सम्मेलन शनिबार बिकासघर शिखरकोटमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले बिक्रम बिष्टको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्विरोध चयन गरेको छ ।कमिटिको उपाध्यक्षहरुमा शारदा गोपाली, जीवन थोकर, किशोर रायमाझी चयन भएका छन् ।
त्यस्तै सचिबमा सुवाश गोपाली, कोषाध्यक्षमा बिश्वनाथ रायमाझी, सहसचिबमा पूर्ण सिं पाख्रीन, सहकोषाध्यक्षमा पूर्णध्वज कार्की चयन भएकाछन ।
सदस्यहरुमा सरोज बिष्ट, बिमला बिष्ट, सन्जय गोपाली, सबिता सुनार, राममाया गोपाली, दिपक बिष्ट लगायत रहेका छन् ।
साथै सम्मेलनले राजन उपाध्यायको संयोजकत्वमा सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा हिरेन्द्रकुमार रायमाझी, शिबहरि बर्तौला, श्याम गोपाली, सरोज रायमाझी, राम कुमार बिष्ट रहेका छन् ।
वडा सम्मेलनकै क्रममा बिगत लामो समयदेखि पार्टीलाई सहयोग गर्दै आइरहेका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
सम्मेलनमा नेकपा माओबादी केन्द्र बागमति प्रदेश कमिटि सचिवालय सदस्य तथा थाहा नगर ईन्चार्ज बिष्णु बिष्ट, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, थाहा नगर अध्यक्ष बिनोद कुमार लामा, नगर कमिटि सचिब लक्ष्मण बिष्ट लगायत नगरकमिटि सदस्य, जनबर्गिय कमिटिका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।