साहित्यकार आचार्यलाई प्रगतिशील लेखकले सम्मान गर्ने

हेटौंडा । हेटौंडालाई कर्मथलो बनाई साहित्यमा क्रियाशिल साहित्यकार पुरुषोत्तम आचार्यलाई प्रगतिशील लेखक संघ मकवानपुरले सम्मान गर्ने भएको छ । संघले स्थापना गरेको “युद्धप्रसाद मिश्र स्मृति सम्मान – २०८०” बाट साहित्यकार आचार्यलाई सम्मान गर्ने भएको हो ।
प्रगतिवादी धारका कविता लेखनमा सक्रिय साहित्यकार आचार्यका हालसम्म भोको मझेरी–मुक्तक संग्रह २०६८, मुटु र गीतहरू–गीत संग्रह २०७०, संयुक्त कविता संग्रह–२०७७, छैनौँ कसोरी तिमी–ऊर्जाकाव्य २०७९, जूनेली–खण्डकाव्य, २०८० गरी ५ कृतिहरू प्रकाशित छन् । साथै उहाँले आफ्नै शब्द सङ्गीत र आवाजमा केही गीत गजलहरू स्वराङ्कन समेत गरेका छन् ।
हास्यव्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेको २२ हजार २ सय २२ रूपैयाँ राशिको उक्त सम्मानबाट डा. पशुपतिनाथ तिमल्सिना र जनगायक रामेश श्रेष्ठ सम्मानित भईसकेको संघका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए । विशेष साहित्यक कार्यक्रमको आयोजना गरेर सम्मान गरिने उनले बताए ।