विश्वकप छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा

बाइलाइन नेपाल
३० कार्तिक २०८०, बिहीबार ०७:३५
फाइल तस्वीर

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।

यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु