हेटौंडामा टीभीएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुँदै

हेटौंडा । जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टले हेटौंडाको सुमार्गी कम्प्लेक्स अगाडि टीभीएसको ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला गर्ने भएको छ ।
मेला कात्तिक २० गते सोमबारदेखि २५ गते शनिबारसम्म सञ्चालन हुने टीभीएसको आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।
दशैं, तिहारलगायत विभिन्न चाडपर्वको अवसरमा टीभीएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका छुटहरुसहित अन्य विशेष सुविधा एक्स्चेन्ज मेलामा ग्राहकले प्राप्त गर्ने अर्का संचालक कन्चन बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार पुराना जुनसुकै मोटरसाईकल तथा स्कुटर एक्स्चेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर विशेष छुटमा खरिद गर्ने अवसर ग्राहकलाई मिल्नेछ ।
टिभिएसका मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका छ । हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले मोटरसाईकल तथा स्कुटर एक्चेन्जमा १० हजारसम्म थप मूल्यांकन तथा शुन्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाईकल तथा स्कुटर खरिद गर्नसक्नेछन् ।
नेपालका लागि टीभीएसको अधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आकर्षक अफरहरुसहित च्याम्पियन्स एक्सचेन्ज अफरको घोषणा गरेसंगै टिभिएसका मोटरसाईकल तथा स्कुटरको ईन्जिनमा लाईफ टाईम वारेन्टीको व्यवस्था समेत गरेको हेटौंडा अटो मोटर्सले जनाएको छ ।