अब माओवादीकै नेतृत्वमा अवस्था परिवर्तनः कुमारी मोक्तान

थाहा । माओवादी आन्दोलनसंगै लामो संघर्षबाट राज्य व्यवस्थामा परिवर्तन आएको माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज तथा बागमती प्रदेशको सामाजीक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छिन् ।
माओवादी केन्द्रले जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत भएको थाहा नगरपालिका वडा नम्बर– ५ को सम्मेलनलाई आइृतबार सम्बोधन गर्दै मोक्तानले परिवर्तन पश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओवादीको महत्त्वपूर्ण भुमिका हुने बताएकी हुन्। उनले माओवादीकै नेतृत्वमा अब देश जनताको अवस्था पनि परिवर्तन हुने उल्लेख गरिन् ।
मोक्तानले जनभावना अनुसारको विकासका लागि गुरुयोजनासहितको योजना बनाउन पार्टीको थाहा नगरलाई आग्रह गरिन् । उनले थाहानगरको विकासको लागि आफु सधै तत्पर र प्रतिवद्ध रहेको उल्लेख गरिन् ।
यसैबिच सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी समेत चयन गरेको छ।
कमिटिको उपाध्यक्षहरुमा अजय गुरुङ, बिरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भएका छन् ।
माओवादी केन्द्र वडा न ५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा माओवादी केन्द्रका उपत्यका बिशेष कमिटीका उपाध्यक्ष तथा ३ महिने अभियान अन्तरगत थाहानगर कमान्डर प्रकाश चन्द्र पाण्डेको बिशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगर अध्यक्ष बिनोदकुमार लामा, अभियानका वडा नम्बर ५ का कमान्डर अरुण रायमाझी, वाइसिएल थाहा नगर अध्यक्ष मानसिंह दोङ लगायतका माओवादी नेता तथा कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।