एमाले बागमतीको नेतृत्व चयनका लागि आज मतदान

बाइलाइन नेपाल
११ आश्विन २०८०, बिहीबार ०८:२२

नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबार अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको थियो ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा केशवराज पाण्डे, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए । तर मतदानअघिसम्म नेताहरुले नेतृत्वका लागि सहमतिको प्रयास पनि जारी राखेका छन् । सहमतिको प्रयासका कारण बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदानमा ढिलाइ भएको छ ।

प्रदेश कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव महिला एक, उपसचिव खुला एकसहित दुई सय ४० सदस्यीय पदमा निर्वाचन हुनेछन् ।

असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु