अभियानले पार्टी जिवन्त बनाउँछः अनन्त

ललितपुर । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन (अनन्त) ले माओवादीको तीन महिने अभियानले पार्टी र जनता बिचको सम्बन्ध सुमधुर हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको ुजनतासँग माओवादीः विशेष रुपान्तरण अभियान अन्तरगतको ललितपुर जिल्लाको बागमती गाउँपालिका स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उपमहासचिव अनन्तले यो अभियान जनता र पार्टीबिचको सम्बन्ध जीवन्त बनाउन सहयोगी हुने बताएका हुन् ।
नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षतामा भएको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य ओनसरी घर्ती, केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, निशा न्यौपाने, ललितपुर जिल्ला समन्वय समिति संयोजक शिव कट्टेल, सदस्य राम आचार्यलगायत बागमती गाउँपालिकाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बिस्तारित बैठक र प्रशिक्षण कार्यक्रमले पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछानेको संयोजकत्वमा १९ सदस्यीय पार्टीको बागमती गाउँकमिटी स्तरीय तीन महिने बिशेष अभियान संचालन टिम चयन गरेको अध्यक्ष घिमिरेले बताजानकारी दिए ।
तीन महिने अभियानका लागि माओवदी केन्द्रले बागमती गाउँपालिकाको संयोजकमा रुपमा केन्द्रिय सदस्य प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको छ ।
बागमती गाउँपालिकाका ७ वटै वडा घुसेल, माल्टा, भट्टेडाडा, प्युटार, ईकुडोल, आश्राङ र गिम्दीमा आगामी भदौ १६ गते एकैपटक विविध कार्यक्रम गरि अभियानको उद्घाटन गरिने संयोजक लामिछानेले बताए ।