कांग्रेस केन्द्रीय समितिको बैठकको एजेण्डा तय

बाइलाइन नेपाल
१ श्रावण २०८०, सोमबार २१:२५

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ । साेमबार पार्टी सभापति शेरबहादुर देउवाकाे निवास धुम्बाराहीमा बसेकाे शीर्ष नेताकाे बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले भने, “भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ। पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।”

शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।

महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ । साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने शर्माले बताए ।

यस्तै उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिने शर्माले बताए ।

यस्ता छन् एजेन्डा

१) केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव

२) पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन

३) नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव

४) सांगठानिक कार्ययोजनाबारे

५) विभाग गठन

६) राष्ट्रव्यापी अभियानको घोषणाबारे

७) केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेश

८) संसदीय दल समीक्षा (प्रमुख सचेतकले जानकारी गराउने)

९) सरकार प्रगतिबारे (उपसभापति तथा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का सरकारको समीक्षा)

१०) समसामयिक

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु