हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड

बाइलाइन नेपाल
२ असार २०८०, शनिबार १५:२३

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैँयाको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।

उपमहानगरले संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ,आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र व्यहोरिने गरि बजेट प्रस्तुत गरेका हुन् ।

बजेटले पूर्वाधार विकासतर्फ सबै भन्दा धेरै रकम १ अर्ब रुपैयाँ ओगटेको छ । आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो पटक पनि प्रत्येक वडाले चालु आर्थिक वर्षकै जति रकम पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*