रिमालको सम्झनामा साहित्य संगमले तीन स्रष्टालाई सम्मान गर्दै

बाइलाइन नेपाल
२६ जेष्ठ २०८०, शुक्रबार ०७:४४

हेटौंडा । साहित्य संगम मकवानपुरले प्रगतिवादी कवि गोपालप्रसाद रिमालको जन्मजयन्तीको अवसरमा तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

रिमालको जन्मजयन्तीको अवसरमा शनिबार बिहान रिमालको प्रतिमास्थल हेटौंडा–२ वनस्खण्डीमा आयोजना हुने साहित्यिक कार्यक्रममा साहित्यकार साम्ब ढकाल, केदारप्रसाद न्यौपाने र तुलसी घिमिरेलाई सम्मान गर्न लागेको संगमकी अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् ।

प्रगतिवादी कवि रिमालको जन्मजयन्तीको अवसरमा साहित्यकार साम्ब ढकाललाई गोपाल प्रसाद रिमाल स्मृति सम्मान–२०८० प्रदान गरिने अध्यक्ष न्यौपानेले जानकारी दिइन् । साहित्य संगमले स्थापना गरेको उक्त सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ ।

यस्तै, प्रगतिशिल साहित्यकार श्याम्प्रसाद शर्माको स्मृतिमा स्थापना भएको श्यामप्रसाद शर्मा स्मृति सम्मान–२०८० बाट साहित्यकार केदारप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यलयले स्थापना गरेको उक्त सम्मानको राशी १५ हजार रहेको छ ।

यसैगरी, शान्तिदेवि वनस्खण्डी स्मृति सम्मान–२०८० बाट साहित्यकार तुलसी घिमिरेलाई प्रदान गरिने भएको छ । स्वर्गिय हास्यव्याङ्ग्यकार गणेशकुमार पौडेलले सासुुआमा तथा राधा पौडेलले आमाको नाममा स्थापना गरेको सम्मानको राशी १० हजार रहेको छ ।

वनस्खण्डी परिसरमा साहित्य संगमले रिमालको प्रतिमा निर्माण गरेर हरेक वर्ष जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गर्दै आएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । यसवर्षपनि रिमालेको सम्झनामा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम आयोजना गरिएको उनले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*