नेकपा एसका केदार न्यौपाने र सूर्यचन्द्र एमालेमा फर्किए

बाइलाइन नेपाल
२१ जेष्ठ २०८०, आईतवार १८:२२

हेटौंडा । नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने एमालेमै फर्किएका छन् । एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एसमा रहेका न्यौपाने अन्तमा एमालेमै फर्किएका हुुन् ।

उनिसँगै नेकपा एसका पूर्व जिल्ला अध्यक्षसमेत रहेका सूूर्यचन्द्र शर्मापनि एमालेमै फर्किएका थिए । उनिपनि एमालेबाटै एसमा लागेका थिए । दुवैजना नेता मकवानपुरका स्थायी बासिन्दा हुुन् । केही समयअघि नेकपा एसको नीति तथा कांग्रेसपरस्त प्रवृत्तिसँग असहति जनाउँदै केदार न्यौपानेले एसबाट राजीनामा दिएका थिए ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले न्यौपाने र सूर्यचन्द्र शर्मालगायत नेतालाई एमालेमा स्वागत गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*