सिन्धुलीलाई ५ वर्षमा प्रदेशकै नमूना बनाउँछुः मन्त्री श्रेष्ठ

बाइलाइन नेपाल
२१ जेष्ठ २०८०, आईतवार १८:११

सिन्धुली । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आफुु निर्वाचित भएको क्षेत्रलाई ५ वर्षभित्र प्रदेशकै नमूना क्षेत्र बनाउने बताएका छन् ।

बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुच्छार अर्थात् ६६ औं नम्बरमा रहेको यस क्षेत्रलाई प्रदेशकै नमूना क्षेत्र बनाउने बताएका छन् ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण र हरिहरपुरलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गापालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरि यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने कुरा बताए ।

आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामालाई आफ्नो निर्वाचन क्षेत्रमा रहेको बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यताबारे स्थलगत अवलोकन गराएका थिए ।

मन्त्रीहरुको टोली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको १,२ र ३ नम्बर वडामा पर्ने दसौं हजार बिगाहा उर्वर भूमि सिंचाइ गर्नसक्ने बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अध्ययन गर्न आज बागमती किनारको बस्ती बज्रमारा पुगेका छन् ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवालगायतका स्थानीय टीमसँग सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्‍याउन सकिन्छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत तयार भैसकेको छ । यस बहुवर्षीय आयोजनालाई आव। २०८०र०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी मुख्यमन्त्रीलगायत मन्त्रीहरूले गराएका छन् ।

सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गाउँपालिकामा हाल बगर बनिरहेको लाखौं बिगाहा जमिन उकास भई त्यसमा सिंचाइ हुने साथै यस आयोजनाले हरिहरपुरको दसौं हजारौं बिगाह सुख्खाग्रस्त जमिनमा सिंचाइ सुविधा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*