जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी
२२ बैशाख २०८०, शुक्रबार १२:२५

जापानमा शुक्रवार ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी टोक्योभन्दा ३०० किलोमिटर उत्तरपश्चिमतर्फ रहेको नोटो प्रायद्वीप भूकम्पको केन्द्रविन्दु भएको जापान टाइम्सले खबर दिएको छ ।

स्थानीय समयअनुसार दिउँसो २ः४२ मा भूकम्प गएको हो । भूकम्पको गहिराइ ४०९.१ किलोमिटर बताइएको छ । अधिकारीहरूले क्षतिग्रस्त भवनहरूको जानकारी संकलन गरिरहेको एनएचकेले खबर दिएको छ । घाइते वा हताहतीको कुनै जानकारी आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*