प्रकाश सपुतको गीत ‘सकम्बरी’ प्रति पारिजात स्मृति केन्द्रको आपत्ति

बाइलाइन नेपाल
१२ बैशाख २०८०, मंगलवार ०७:४८

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ । साहित्यकार पारिजातको उपन्यास ‘शिरिषको फूल’को चर्चित पात्रको नाम राखेकोमा समेत संस्थाले आपत्ति जनाएको छ ।

महासचिव दिलसुन्दर श्रेष्ठले जारी गरेको वक्तव्यमा सकम्बरी गीतको छायांकनको क्रममा अप्रांसगिक रुपमा शिरिषको फूल पुस्तकको प्रयोग गरिएको र गीति भिडियोमा प्रस्तुत पात्रको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति आपत्ति जनाइएको छ ।

गीत निर्माण गर्दा केन्द्रसँग अनुमति नलिइएको र प्रतिलिपि अधिकारको उल्लंघन भएको समेत उल्लेख छ । साथै केन्द्र सर्जकको स्वतन्त्रताप्रति संवेदनशील रहेको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि उल्लेख छ । यसप्रति क्षमायाचना गर्न र दृश्यलाई सच्याउन समेत केन्द्रले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु