एस मकवानपुर तीन महिना पार्टी निर्माणमा खट्ने

बाइलाइन नेपाल
२९ पुष २०७९, शुक्रबार १९:५४

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मकवानपुर तीन महिना पार्टी निर्माणमा जुट्ने भएको छ । शुुक्रबार हेटौंडामा भएको जिल्ला कमिटी बैठकले तीन महिना संगठन विस्तार तथा जनपरिचालन अभियान सुरु गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय निर्देशन अनुसार जिल्लाका सबै पालिका र वडाहरुमा संगठन बिस्तार तथा जनपरिचालन अभियान सुरु गरिएको पार्टीले जनाएको छ । जिल्ला कमिटी बैठकले दश वसमेत टै पालिकामा संगठन बिस्तारको कामलाई अघि बढाउनका लागि जिम्मेवारी तोकेको छ ।

पार्टीले संगठन सुद्धिढीकरण अभियान लाई माघदेखि चैत्र सम्म सञ्चालन गर्नका लागि जिल्ला कमिटीका उपसचिव किशोर टण्डन र कविन पन्तको टोलीलाई निर्वाचन क्षेत्र नम्बर १ मा तथा उपसचिव बेगम बराल र किरणमान बलको टोलीलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी दिर्दै संगठन बिस्तार तथा जनपरिचालको जिम्मेवारी दिएको छ ।

बैठकले जिल्लामा रहेका दश पालिका तथा जनसंगठनहरुमा अभियानलाई सञ्चालन गर्न संयोजक तथा सदस्यहरु तोकेको छ । पार्टीले अभियानलाई पालिकामा लैजानका लागि बागमतीमा नारायण तिमसिल्ना, बकैयामा कविन पन्त, मकवानपुर गढीमा कृष्णबहादुर राई, इन्द्रसरोवरमा ध्रुुवबहादुर भूजेल, थाहा नगरपालिकामा किरणमान बल, भीमफेदीमा किशोर टण्डन, कैलाशमा रामकुमार एलन, राक्सिराङ र मनहरीमा भूमिनन्द अर्याल र हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष बिष्णुप्रसाद दाहाल संयोजक रहेको टोली परिचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै जनवर्गिय संगठनतर्फ युवा संघमा माधव तिमल्सिना, विद्यार्थीमा अरुण बतौंला, अनेम संघमा बेगम बराललाई जिम्मेवारी तोकिएको नेकपा एस मकवानपुरका सचिव ध्र्रुवबहादुर भुजेलले जानकारी दिए । जिम्मेवारी प्राप्त संयोजक तथा निर्वाचन क्षेत्र नम्बरको जिम्मेवारी पाएकाहरुले गरेको पार्टीको संगठन बिस्तार तथा जनपरिचालनको कामको अनुगमन तथा आवश्यक सहजीकरण पार्टीका केन्द्रीय स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज ललितबहादुर बस्नेत सहितको टोलीले गर्ने उनले बताए ।

पार्टीका जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य तथा प्रदेश अध्यक्ष सावित्रा भूषाल, स्थायी कमिटी सदस्य विरोध खतिवडा, स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज ललितबहादुर बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, केन्द्रीय सदस्य सूूर्यचन्द्र न्यौपाने, केन्द्रीय परिषद् सदस्य मिनाकुमारी लामाले संगठन बिस्तार गर्दै पार्टीलाई सुद्धिढ बनाउन सबै तहबाट लाग्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु