तिमीलाई पत्र

सानोभाई कार्की
२९ पुष २०७९, शुक्रबार ०९:२२

आराम छु । आरामको कामना गर्दछु । आमरुमा भन्ने गरिन्छ श्री पशुपति नाथले कल्याण गरून् । तर मेरो सुक्ष्म वुद्धिले भन्छ सिङ्गो शरीर चराचर जगत हो । यही जगतमा शरीर छ । यही शरीरमा देवदेवता ,मठ मन्दिर, चर्च, स्तूप सबैसबै नै छ । यही शरीरमा ईश्वर छ, अनिश्वर छ, वाद छ, अपवाद छ । तिमी हामी बाहिरी संसारमा खोजी हिड्ने भनेको केबल भुलभुलैयाको आत्मरतिमात्र हो । तैपनि चलेको चलनलाई उछिन्न सक्ने हैसियत ममा नभएको हुँदा प्रार्थना छ कि उच्च शक्तिले शरीर स्वथ राख्न बल देओस् । त्यो भन्दा पनि मानवलाई सन्चालन गर्ने दिमाग र तेस्को गुरु दृष्टिकोण स्पष्ट पार्न शक्ति मिलोस ।

मलाई लाग्छ, यो दुनियाँ बुझिसक्नु छैन । विभिन्न प्रकारका समस्याले जेलिएको यो संसारमा न एकै प्रकारको समस्याको समाधान छ, न समान प्रकारको समस्या नै छ । फरकफरक परिस्थितिमा उब्जने समस्याको निराकरण अवस्य छ तर समाधानको प्रकृति पनि तदनुरुप नै छ । मानवीय आवश्यकताको जसरी सीमा छैन ,तेसै गरि सुबिधाको पनि सीमा भेटिन्न । जसरी समुद्रको शीर र पुच्छर भेटाउन सकिँदैन । हाम्रो सुख र दुख, आपत र बिपत, हर्ष र विस्मात अनि आनन्द र परमानन्द केहीको पनि कति हुँदा घटी र कति हुँदा बढी टुङो छैन । तेसैले अग्रजहरुले भनेका होलान तेसैमा आनन्द लेउ । यो पनि समस्या समाधानको उपाय होइन । किन भने यो भनाईलाई आत्मसाथ गर्ने हो भने मानिस क्रियाशिल हँुदैन । मिहेनती हुदैन । परिणाम स्वरूप संसारको अग्रगति टुंगिन्छ ।

यथास्थितिमा रहनु मानवीय संस्कार होइन । उ एकपछि अर्को गर्दै अग्रतामा जानू उस्को स्वभाव हो, जन्म पनि तेसैको लागि हो । अरु प्राणीहरु भन्दा मानव उच्च चेतनाले भरिपूर्ण छ भन्ने हामीलाई लाग्छ । चेतना नभएकाहरु त प्राणी नै हँुदैन । यस्को अर्थ चेतना सबै प्राण भएकाहरुमा छ, हुन्छ भन्नेमात्र हो । यसैको कारण मानव मात्रमा ज्ञान छ, गुण छ, स्वभाव छ, अवगुण छ, स्वार्थ छ, मान सम्मानको भोको छ, तृप्तिको लागि क्रियाशिलता छ । परिणामको भोको छ । अरु भन्दा अघि बढ्ने हरेकको रहर, इच्छा र आवश्यकता कै कारण फरक प्रकृतिको काम, काम उहीँ भएपनी शैली फरक गरेर होस या नविनतम सोच, शैली र प्रकृया अपनाएर होस फरक देखिनु मानवीय स्वभाव र चेतनाको कारण नै त हो ।
प्रिय मित्र, यो चराचर जगतको उत्पत्ति, सञ्चालन र गति एउटा निश्चित विधि र प्रक्रियाले चलेको छ । प्रकृति निर्बिकल्प शक्ति बनेको छ । किनकी यस्ले आफ्नो गतिको नियम छोडेको छैन । अणु र परमाणुहरुको संयोगले सिर्जना हुने र बियोगले परिणाममा भिन्नता उस्को स्वभाव नै हो । समय, ऋतु, दिनरात, चिसो तातो, प्राणी, वनस्पती, किरा फट्यांग्रा सबैको उत्पति विनाश यी सबैमा एक र अर्कौ गरि विधि छ, प्रक्रिया छ । नियम छ, अवधी छ । जुन तिमिलाई अवगत नै छ । तिमिलाई यो पनि जानकारी नै छ कि पृथ्वीमा ८ अरब भन्दा बढी मानवप्राणी छन् ।

उनिहरुको भाषा, भेषभुषा, रितिरिवाज, चालचलन, धर्म, संस्कार एक अर्कासंग मेल खादैन । तर मानव शरीर संरचनामा एकरुपता छ । मतलव मानवको जुन स्थानमा जुन अंग हुनु पर्ने हो, तेही त्यो अंग निर्मित छ । भलै उनिहरुको रुप, रङ, उचाई, मोटाई, रुचि, स्वभावमा फरक छ । यो पनि विदितै छ कि प्राकृतिक संरचना अभेध्य छ । तेसैले मानव र अन्य प्राणी प्रकृतिमा समायोजन हुन प्रयत्न गर्छ वा तदनुरुपको सिर्जना छ । नभए बिकल्प बिलय न हो । अपरिवर्तनशील प्रकृतिमा बाँच्न, रम्न, जीउन आफू अनुकूलको, आफ्नो बुझाई, सोचाई, क्षमता र वातावरण अनुकुलको रीतिरिवाज, चालचलनको निर्माण गर्छ । कार्यान्वयन गर्ने जोड गर्छ । तदनुरुप नै सामाजिक नियम बन्छ । पारिवारिक नियम बन्छ । कानून बन्छ । कानून नमाने दण्ड पाउँछ । नियम कानून माने असलको पदवी पाउँछ । सोही पालना गर्नु परिवारको सदस्यको कर्तब्य बन्दछ । जाने कै कुरा दोहोराउँदा झर्को पनि लाग्ला १ झर्को नमान्न ध्यानाकर्षण गर्दछु । मैले यी सबै कुरा यो पत्रमा किन उद्धृत गरिरहेको छु भनेर तिमीलाई जिज्ञाशा उत्पन्न भएकै हुनु पर्छ । अघिल्लो पत्रमा तिमीले उच्चारण गर्न जमर्को गरिएको शब्द सन्सारदेखि मलाई बैराग लागेको र बाँच्न रहर मरेको कुराले मलाई गम्भीर बनायो । यो बिशाल जगतको हामी त केबल एउटा अवसर मिलेर जन्मिएका मानव न हांै । यो जन्मलाई हामीले हिनताबोध भएर, बेखुश भएर, बेचैन भएर बाँच्ने कदापी होइन

मित्र, हाम्रो पहिलो कुरा त जन्मको अवसरलाई उपयोग गर्न चिन्तनशील हुनु पर्दछ । स्पष्ट दृष्टिकोण निर्माण गर्नु पर्दछ । सो अनुरुपको गतिविधिमा आफुलाई समर्पित गर्न सक्नु पर्दछ । किनकी मानव त्यो जीवन हो जोसंग अथाह क्षमता छ । उसले नयाँ सिर्जना गर्न सक्छ । सिर्जनालाई बिनाश गर्न सक्छ । मानिसले आफै गुणको विकास गरेर, आफै बोट रोपेर आफै खान सक्छ । मानव जीवनलाई जनावर र बोटबिरुवा जस्तो शक्तिको सीमा तोकिएको छैन । उ जे जस्तो पनि गर्न सक्छ, प्रमाण हेर्न एकैक्षण घोत्लिए पुग्छ, पृथ्वीको उत्पतिदेखि वर्तमान संरचनात्मक अवस्था होइन र ? यो सबै त्यसलेमात्र गर्न सक्छ, जस्ले आफुभित्रको गुण र शक्तिलाई पहिचान गर्न सकेको हुन्छ । अब ढिला नगरी आफ्नो क्षमताको खोजी गरांै । रुचीको पहिचान गरांै । सफलताको लागि प्रयास गरौं । प्रयासलाई निरन्तरता दिऔं । कहिलेसम्म ? जबसम्म आफुले खोजेको पाइन्न ? निराशालाई आशामा बदलौं । आशालाई स्वाथी नबनाउ । किनकी आफू सफल हुन एक्लै भएर पुग्दैन । भए तेस्को अर्थ र महत्व कम्जोर हुन्छ । कमजोर सफलता आत्मरतिको लागि मात्र हुन्छ, पहिचानको लागि हँुदैन । पहिचान नभएको सफलता दिनभर चरेर अघाएको बाख्रो जस्तै हो ।

तिमीलाई लाग्ला जो मानिस संसारबाटै बैरागिएको छ । उस्ले पृथ्वी नै साँघुरो देख्न थालेको छ । तेस्तालाई यो सुझाव के अर्थ राख्छ ? फेरि केही नयाँ काम गर्न पनि त समय छैन । यो अवश्य नै समस्या होला । तर बिचारलाई बदल्नु पहिलो कर्तब्य हो । धेरै गर्नु पर्दैन । निराशालाई आशामा बदल्न, बैरागलाई आनन्दमा बदल्न केबल नकारात्मक सोचलाई सकरात्मकमा बदले पुग्छ । जसरी बाँझो चौरलाई खनजोत गरेपछि उब्ज्याईलो माटो बनाईहाल्नुछ । अब रह्यो कुरा समयको, समय गएकोबाट त केबल सिक्ने हो गर्ने त बाँकी समयमा हो । हिजोलाई सम्झेर आजलाई बेचैन र भोलिलाई अस्तव्यस्त बनाउनु भन्दा हिजोबाट सिकेर भोलिको दिनलाई उर्जामुलक बनाउनु सही होइन र ? यस सन्दर्भमा एउटा चिनियाँ भनाइले पनि सहयोग पु¥याउँछ कि, “यो रुख रोप्न २० वर्ष ढिला भयो, तर दोश्रो रुख रोप्न आजकै दिन उत्तम छ ।” अत शुभकार्यको थालनीको लागि कहिल्यै ढिला हुँदैन । केबल शुरु गर्न मात्र अलमल हो । राम्रो शुरुवातले आधा काम सकिन्छ । भन्ने भनाइलाई आत्मसात गर्दै आफुले आफैलाई चिनेर अघि बढ्ने सहास र जमर्को गर्ने छौं भन्ने आशा र बिश्वासकासाथ अहिलेलाई यही कलम रोक्छु ।
लेखाईको गतिमा उतारचढाव भए र केही कुनै कारणले आत्मामा असर पर्न गए अज्ञानता सम्झेर बुझ्ने नै छौ । बाई । (कार्की मकवानपुर जिल्लाको उत्तरीक्षेत्र थाहा नगरपालिका ३ को  जनकल्याण माबिका प्रधानाध्यापक हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*