हेटौंडाका युवा उद्योगी सम्राटले सञ्चालनमा ल्याए उद्योग

बाइलाइन नेपाल
२८ पुष २०७९, बिहीबार १९:१६

हेटौंडा । देश आर्थिक मन्दीको चपेटाबाट गुुज्रिरहेको अवस्थामा हेटौंडाका एक युवा उद्योगीले उद्योग सञ्चालनमा ल्याएका छन् । आर्थिक समस्या र बैकका कारण उद्योगी,व्यवसायीलाई मार परिरहेको अवस्थामा युवा उद्योगी सम्राट सिंहले हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग शुुभारम्भ गरेका हुुन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा ग्यावियन वायर टेक प्रालि उद्योग स्थापना गरेर आजबाट उत्पादन सुुरु गरेको सञ्चालक सिंहले जानकारी दिए । उनका अनुसार करिब एक अर्ब लगानीमा स्थापना गरिएको उद्योगमा एक सय जनाले रोजगारी पाएका छन् । उद्योगले जिआई तार उत्पादन गर्ने छ ।

उद्योगमा पछिल्लो समय विकास भएको वातावरण मैत्री उपकरण जडान गरिएको उनले जानकारी दिए । सञ्चालक सिंहले उद्योगहरुमा नेपालमै सबैभन्दा कम प्रदुुषण गर्ने वातावरणमैत्री भएको दाबी गरे । उद्योगले प्रति दिन ५५ मेट्रिक टन जिआई तार उत्पादन गर्ने क्षमता रहेको सिंहले बताए ।

उनले पछिल्लो समय बैंकले समस्या पारेको, आर्थिक रुपमा सबल नभएको र पछिल्ला दिन उद्योगहरुमा लोडसेडिङ भइरहेको अवस्थामा पनि आफुले लगानी गरेको बताए । यसले नेपाली उत्पादनलाई प्रोत्सान र रोजगारीको अवस्था सिर्जना गरेको सिंहको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*