किम जोङ उनले हटाए उच्च सैन्य अधिकारी

बाइलाइन नेपाल
१९ पुष २०७९, मंगलवार १४:२०

उत्तर कोरियाली शासक किम जोङ उनले एक उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार उत्तर कोरियाली सेनाको दोस्रो शक्तिशाली पदमा रहेका पाक जोन चङलाई उनले बर्खास्त गरेका हुन्।

पाक उत्तर कोरियाको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष र सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिका सचिव थिए। गत साता पाकलाई हटाएर उनको ठाउँमा री योङ गिललाई ल्याइएको छ। नयाँ वर्ष सुरू हुन लाग्दा पाकलाई किन जिम्मेवारीबाट हटाइएको भन्ने खुलेको छैन।

केन्द्रीय सैन्य आयोगका अध्यक्ष उन हुन् भने यो आयोगले रक्षा मन्त्रालयभन्दा माथि रहेर सुरक्षासम्बन्धी निर्णयहरू गर्छ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको प्रतिवाद गर्न उत्तर कोरियाले अन्तरमहादेशीय मार हान्न सक्ने क्षेप्यास्त्र बनाउने आणविक हतियार बढाउने घोषणा गरेका बेला उनले उच्च सैनिक अधिकारीलाई हटाएका हुन्।

सन् २०१५ सम्म एक तारे आर्टिलरी कमाण्डर रहेका पाकको निकै छिटो पदोन्नति भएको थियो। सन् २०२० सम्म आइपुग्दा उनी चार तारे जर्नेल बनाइएका थिए। २०२० को अन्त्यमा उनलाई पार्टीको पोलिटब्युरोमा बढुवा गरिएको थियो भने मार्सल उपाधि पनि दिइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*