देशमा ठूूला दलको विकल्पमा वीपी काँग्रेसः गोपी अधिकारी

बाइलाइन नेपाल
२७ कार्तिक २०७९, आईतवार २०:५६

हेटौंडा । नेपाली काँग्रेस (वीपी) मकवानपुरका नेता तथा वागमती प्रदेशतर्फका समानुपातिक उम्मेदवार गोपीप्रसाद अधिकारीले ठूला दलले वर्षैदेखि शासन गरेपनि देशलाई सही दिशामा सञ्चालन गर्न नसकेको बताएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा नेता अधिकारीले ठूूला दलले देश विकासमा उदासिन रहेका कारण नेपाल काँग्रेस (वीपी) तर्फ सर्वसाधारणको विश्वास बढ्दै गएको दाबी गरे । मुलुुकमा भएको परिवर्तनको मर्म अनुरुप देशलाई सञ्चालन गर्न वीपी काँग्रेस तयार रहेको उनको भनाई छ ।

सुशासन, समृद्धि र लोकतन्त्रलाई बचाउनका लागि वीपी काँग्रेसले अनिभूत रुपमा जन विश्वासा बटुलेर काम गर्ने समानुपातिकतर्पmका उम्मेदवार अधिकारीले बताए । पार्टी र आफुु नेपाली काँग्रेसले बिराएको बाटोलाई पक्रेर मुलुकलाई परिवर्तन गर्ने उनले उल्लेख गरे । वीपी कोईरालाले देखेको सपना काँग्रेस अरु दलबाट सम्भव नभएका कारण वीपी काँग्रेस जनताका सामुु आउन बाध्य भएको उनको भनाई छ ।

करुवा चुनाव चिन्ह रहेको वीपी काँग्रेसले जनताको हरेक समस्यामा एकाकार भएर देशलाई आर्थिक समृद्धि र सुशासन कायम गराउन नीति निर्माण र कार्यान्वयनमा विशेष प्राथमिकता दिने नेता अधिकारीले बताए । हरेक नागरीककको स्वास्थ, शिक्षा, रोजगारीमा समान अवसरको पहुँच पुुर्याउने गरी काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । मकवानपुर जिल्लाका समस्यालाई प्राथामिकताकरण गर्दै आवश्यकताका आधारमा समान विकासको अवधारणा ल्याउने उनले जनाए ।

जिल्लाका हरेक क्षेत्रमा कृषि उत्पादनलाई आधुुनिकीकरण गर्दै बजार विस्तार गर्ने, पर्यटकीय क्षेत्रको पहिचान, विकास र प्रचारमा जोड दिने, वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडालाई सफा, फराकिलो सडक र व्यवस्थित बनाउने, गरिबीको पहिचन गरी रोजगारी अवसर प्रदान गर्ने काम वीपी काँग्रेसले गर्ने अधिकारीले बताए ।

सर्वसाधारणका ससाना समस्यामा आफ्नो ध्यान पुुग्ने नेता अधिकारीले बताए । ठूला कुरा गरेर मात्र हुनेने भन्दै अधिकारीले सर्वसाधारणको साथमा रहेर साना समस्यालाई हल गर्दै ठूला योजनासम्म पुुग्ने क्रमवद्ध तयारी रहेको उनले उल्लेख गरे । वीपी काँग्रेस र आफुु सधैं जनताको साथमा रहेको उल्लेख गदै उनले समानुपातिकतर्फ एक मत करुवालाई दिएर विजयी गराउन वागमती प्रदेशका १३ वटै जिल्लाका मतदातालाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु