गठबन्धनको थाहामा निर्वाचन परिचान कार्यालय स्थापना

बाइलाइन नेपाल
८ कार्तिक २०७९, मंगलवार १९:४४

थाहा / बामलोकतान्त्रिक गठबन्धनको थाहा नगर स्तरीय निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।

गठबन्धनको संयुक्त निर्वाचन परिचालन, प्रचारप्रसारका लागि नेकपा माओबादी केन्द्रको थाहा नगर पार्टी कार्यालय शिखरकोटमा कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना गर्दै नेताहरुले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन इमान्दार भई मतदान गर्न गठबन्धन दलका थाहा नगरका नेताहरुले कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

गठबन्धन अन्तरगत नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले लोकतन्त्रको रक्षा र यस क्षेत्रको बिकासको लागि थाहा नगरका कांग्रेस समर्थकले गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने बताउनुभयो ।

उहाँले पाँच दलको गठबन्धनमा नेपाली कांग्रेस पनि सहभागी भएकोले यस क्षेत्रका उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउने बताउनुभयो ।

त्यस्तै नेकपा माओबादी केन्द्रका थाहा नगर अध्यक्ष बिनोद कुमार लामाले गठबन्धन अन्तरगतका उम्मेद्वारलाई मतदान गरी बिजयी गराउन मतदाताहरुलाई अनुरोध गर्नुभयो ।

लोकतान्त्रिक संबिधान अनुसार देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेद्वारहरु बिजयी हुनुपर्ने बताउनुभयो ।

नेकपा एकीकृत समाजबादीका थाहा नगर अध्यक्ष सानोकाजी गोपालीले प्रतिगमनबाट देशलाई बचाउन गठबन्धन बनेकोले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मकवानपुर जिल्ला अध्यक्ष तथा थाहा नगर अध्यक्ष दिनेश बिष्टले गठबन्धनको मर्म अनुरुप आफ्नो दलको नेता तथा कार्यकर्ताले गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने बताउनुभयो ।

बाम लोकतान्त्रिक गठबन्धन अन्तरगत मकवानपुर क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य बिरोध खतिवडा र प्रदेशसभा क मा नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले उम्मेद्बारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*