संविधान रक्षाको लागि गठबन्धनः विरोध खतिवडा

बाइलाइन नेपाल
६ कार्तिक २०७९, आईतवार १२:२३

ईन्द्रसरोवर । लोकतान्त्रिक वामगठबन्धनको संयुक्त चियापान तथा अगुवा कार्यकर्ता भेला ईन्द्रसरोवरमा सम्पन्न भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खतिवडाले संबिधान रक्षाको लागि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा (माओबादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेशसभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले मकवानपुर जिल्लाको समग्र बिकासको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी बिजयी गराउन अनुरोध गर्नुभयो ।

त्यस्तै बिशिष्ट अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा मकवानपुर २ (ख) उम्मेद्वार ईन्द्र बहादुर बानिँयाले गठबन्धनका उम्मेद्वार सबै पार्टीका साझा उम्मेद्वार भएकाले कलम र गोलाकारभित्रका हसियाँ हत्यौडामा मतदान गर्न अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेस ईन्द्रसरोबर गाउँ कमिटी सभापति बिश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, पूर्व क्षेत्रिय सभापति यतीराज सपकोटा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, सदस्य लवशेर विष्ट, नेकपा एकिकृत समाजबादीका बागमती प्रदेश सदस्य गौत्तम बुद्ध लामा, मकवानपुर अध्यक्ष सूूर्यचन्द्र न्यौपाने, मकवानपुर सचिव बिष्णु दाहाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य ध्रुवराज ढकाल लगायको आतिथ्यता रहेको थियो ।

नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका सचिव राजेश बाबु सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एकिकृत समाजबादी ईन्द्रसरोबर गाउँपालिका अध्यक्ष कुन्साङ लामाले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु