चलचित्र ‘कागजपत्र’को युट्युब रिलिज, हेर्नुहोस् पुरा फिल्म

नेपाली चलचित्र ‘कागजपत्र’ युट्युबमा रिलिज भएको छ। तिहारको छेको पारेर निर्माण पक्षले शुक्रबार चलचित्रलाई युट्युबमा रिलिज गरेको हो।
चलचित्र ‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन् । चलचित्रमा भोला सापकोटा, सरिता गिरी, नाजिर हुसेन, शिल्पा मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रले अष्ट्रेलिया जानका लागि हुने नक्कली बिहे र त्यसका लागि तयार पार्नुपर्ने कागजपत्रको कथालाई उठान गरेको छ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए।