मकवानपुरका युवालाई रोजगारी सृजना गछौं– महेश बर्तौला

बाइलाइन नेपाल
४ कार्तिक २०७९, शुक्रबार १४:३९

हेटौंडा । नेकपा एमालेका बागमती प्रदेशका उपसचिव तथा मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेशकुमार बर्तौलाले मकवानपुरका युवालाई रोजगारी सृजना गर्नेगरी काम गर्ने बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा एमालेले गरेको निर्वाचन परिचालन कमिटीको बैठक तथा प्रचार कार्यालय उद्घाटन् कार्यक्रममा बोल्दै उनले हेटौंडामा दुइवटा औद्योगिक क्षेत्र रहेको र यहाँ उद्योग खोलेर आम युवालाई रोजगरीको अवसर सृजना गर्ने बताएका हुन् ।

बेरोजगार युवाहरुलाई व्यवस्थापन गर्नका लागि औद्योगिक नीति बनाउने र उद्यमशिलतामा लाग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सेवा गर्नेगरी यो पहिलोपटक उम्मेदवारी दिएको बताए । आमनागरिकको दुःखसुःख, अप्ठेरो सबैमा आफु जनताको सेवक बनेर काम गर्ने प्रतिवद्धता जनाए ।

आफुले सबैको हितका निम्ती निष्ठाको राजनीति पनि रहेकाले आफ्ना एजेण्डालाई लिएर जनताको माझमा आएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*