प्रदेशसभामा मकवानपुरबाट माओवादीका कुमारी र छिन्तु

बाइलाइन नेपाल
२२ आश्विन २०७९, शनिबार १७:३८

सत्तारुढ गठबन्धनभित्रको दल नेकपा माओवादी केन्द्रले मकवानपुरमा आफ्नो भागमा रहेको दुईवटा प्रदेशसभाको उम्मेदवारको टुंगो लगाएको छ ।

बागमती प्रदेश सभाका लागि केन्द्रले मकवानपुर प्रदेशसभा १ (क) मा प्रेमबहादुर पुलामी छिन्तु र प्रदेशसभा २ (क) मा कुमारी मोक्तानलाई टिकट दिएको हो ।

टिकट पाएका दुवैजना नेताले २०७४ सालको चुनावमा यहि निर्वाचन क्षेत्रबाट जितेका थिए । माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेकी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत हुन् ।

पुलामी पार्टीको बागमती प्रदेश उपाध्यक्ष छन् । गठबन्धन दलहरुबीचको सहमति अनुसार माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने निर्वाचनमा यहि दुई वटा प्रदेशसभामा मात्र उम्मेद्वारी दिने सहमति बनिसकेको छ ।

गठबन्धन भित्र रहेको दल नेपाली कांग्रेसले भने अझैसम्म आफ्नो भागमा परेको क्षेत्रको उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ मकवानपुर १ र प्रदेशसभातर्फ मकवानपुर १ (ख) र २ (ख) मा उम्मेद्वारी दिने गठबन्धन दलभित्र सहमति बनिसकेको छ ।

प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र मकवानपुर २ (ख) बाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाले टिकट पाउने निश्चित जस्तै छ । मकवानपुर १ (ख) मा भने बुद्ध लामा र आनन्दराम पराजुलीको नाम चर्चामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*