विश्व मुटुु दिवसको अवसरमा हेटौंडामा निःशुुल्क स्वास्थ्य परीक्षण

बाइलाइन नेपाल
१३ आश्विन २०७९, बिहीबार १४:०१

हेटौंडा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरले विश्व मुटुु दिवसको अवसरमा आज हेटौंडामा निःशुुल्क स्वास्थ्य परीक्षण गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान वागमती प्रदेशसँगको सहकार्यमा हेटौंडाको भुटानदेवी मन्दिर परिसरमा निःशुल्क रुपमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य शिविरमा एकसय १० जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएको नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता न्यौपानेले जानकारी दिइन् । शिविरमा ब्लड प्रेसर, सुुगरको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा मुटुु रोगबाट बच्ने तथा उपचारका बारेमा हेटौंडा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।

शिविर सञ्चालन अघि मकवानपुर उद्योग वाणिज्य संघबाट जनचेतनामूलक र्‍याली निकालिएको थियो । र्‍याली हेटौंडा नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै भुटनदेवी मन्दिरमा पुुगेर शिविरमा परिणत भएको थियो । र्‍यालीमा सहभागिहरुले मुटुुलाई कसरी जोगाउन र स्वस्थ राख्न सकिन्छ भन्ने जानकारीमूलक प्लेकार्ड बोकेका थिए ।

कार्यक्रम नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा, क्यान्सर सोसाईटीका माधव अधिकारी, विश्व हिन्दुु महासंघका प्रल्हाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामा, क्यान्सर सोसाईटीका अधिकारी, सभाध्यक्ष भेटवाल र कार्यक्रम संयोजक न्यौपानले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*