अग्निलाई मदन पुरस्कार, श्रेष्ठलाई जगदम्बाश्री

बाइलाइन नेपाल
११ भाद्र २०७९, शनिबार १९:२४

२०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

त्यस्तै २०७८ सालको जगदम्बा-श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने अध्यक्ष दीक्षितले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु