उद्योग संघद्वारा प्रजिअ र क्षेत्र व्यवस्थापकको स्वागत

बाइलाइन नेपाल
३० असार २०७९, बिहीबार २१:३४

हेटौडा । उद्योग संघ मकवानपुरले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र हेटौंडा औद्योगिक क्षेत्रका व्यवस्थापकलाई बिहीबार स्वागत गरेको छ ।

मकवानपुरमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापक भोजराज विनाडीलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर स्वागत गरेको हो ।

औद्योगिक क्षेत्रमा रहेको संघ भवनमा भएको कार्यक्रममा प्रजिअ पाण्डे र क्षेत्र व्यवस्थापकलाई उद्योगीहरुको समस्या र सहकार्यका बारेमा संघले अवगत गराएको थियो ।

दुवै स्वागत कार्यक्रम संघका अध्यक्ष स्वागतराज प्याकुरेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष नवराज अर्याल, ऋषिराम घिमिरे, माधव अधिकारी, निवर्तमान अध्यक्ष लेखराज पोखरेल, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*