श्रीलंकाको संकट र नेपालको अवस्था

सार्क राष्ट श्रीलंकामा राष्टपति, प्रधानमन्त्री, मन्त्री कोको भागे, यि किन भागे, यिनको दोष के थियो भन्ने प्रश्न उत्पन्न भएको छ । कुरा सिधा छ । स्वर्गमा इन्द्रराजले सुन्दरीहरुसँग रमाएर आफ्नो राज्य कर्तव्य बिर्सेपछि उनीमा संकट पैदा भयो। लंकामा राष्टपति हाउसमा स्विमिङ पुलमा जनताले साबुन लगाएर मस्तिसँग नुहाए । जनतालाई नि स्विमिङ पोखरीमा नुहाउन मन त लाग्दो रहेछ । त्यो जनता चै दोषी छैन त।पाए सबैलाई चाहिने रहेछ । यो मानिसको प्राकृतिक स्वार्थ हो।यस्ता अनेक स्वार्थ मानिसमा रहेको हुँदा यो ऐयासी जिवन कसले खोज्दैन र।पाए सबैले खोज्छन्।पुग्छ कि पुग्दैन त्यो बेल्लै कुरा हो।मनिङ्ग वाक गरि हिड्दा संगै हिड्ने साथीले भन्नु भयो।लंकाका ति भगौडाले ५० अरव अमेरिकी डलर लगेको छ रे।बिदेशीसँग ऋण लिदा रहेछन्।त्यो पैसा तिनीहरुले बिदेशमा राख्दा रहेछन् होला।भनिन्छ दक्षीण एशियाको लंका सुनको टुक्रा थियो रे।रे न हो।के था।नेपाल नि स्वर्ग भन्छन्।खै कँहा छ स्वर्ग।यसको मतलव नचाहिने काम गरेसि हुने तेही हो।
उता बेलायतका प्रधानले राजिनामा दिए रे । उनी युक्रेनि जल्लाद जेलेस्किसँग बाटोमा खुव फुर्तिला र हिडिरा थे। मुटु चै र छ भनेउ हामीले ।अनावश्यक रहेछ।आखिर कुर्सि गयो।युरोप भरि समस्या आयो।पुँजिपति दलालहरु यस्तै समस्या उत्पन गराउँछन्। समस्यामा दाउ लाउछन् । कमाउछन्। बेच्छन। फेरि अर्को देशमा समस्या खडा गर्छन्। पुन कमाउछन्।
जापान यति धनि छ रे । आवेलाई गोली ठोक्यो । यो समस्या किन आयो भन्ने छ । त्यो अपराधि गिरोहको सदस्य रहेछ । जापानी असल नागरिकले बजायो। शक्तिशाली भएर नपुगेर गिरोहसँग किन साँठ गाँठ।यो पनि नचाहिने काम थियो।
अब वाईडेन, यत्रो रुस युक्रेन झगडा भयो।हतियार दे को छ।पैसा दे को छ। फोकटमा दियो त।यसले के फाईदामा दे को हो।पत्ता लगाउनु बुद्दिमानी हुनेछ।दिने भनेको मायाले हो त।के स्वार्थ छ भन्ने कुरा बुझ्न पर्दैन।हाम्रो देशले पनि अनेक रुपैया ले को छ। जे दियो त्यही सहि गरेको छ।पछि पुरै असुल गर्छ कि गर्दैन।आफ्नो देशमा उत्पादन बढाउनु निर्यात बढाउनु। बिदेशी मुद्रा संचित गर्नु छैन।माओवादी सिध्याउन अमेरिकामा गै सकेको रवि नेपाल आउने जनता झुक्याउने ठग्ने तरिकाले पार्टि खोले।बेलायतमा टिभिमा समाचार भन्ने रबिन्द्र आए पार्टि खोले के नापे। यि सब देश सक्ने काम हुन्।
नेता र कर्मचारीले देश नोक्सान पारि रहेका छन्।सासद मन्त्रि यिनैलाई चाहिएको छ।नाता गोता सबलाई पदै चाहिएको छ।राप्रपाको नारीहरु बैठकमै जुधेछन्। हेरिसाध्य छैन।के का लागि।देश र जनताका लागि हो त।थाहा चाहियो। लिङलेलले मलाई हरायो भन्ने थापा काजि। यि र यस्ता नयाँ नयाँ तरिकाले असल सक्ने कमसलले जनतालाई झुक्याउने तरिका हो।आइरहेको छ।
संसद बिघटन गर्न रुचाउने एउटा पार्टी छ नेपालमा सरकारको कानुन सल्लाह दिने न्यायाधिवक्ताको राजिनामा मागेछ।यो उसको अधिकार हो छ।चाहिने नचाहिने जे मा नि बिरोध गरेको छ।त्यो के रे अमेरिकी सेनासँग सि सि संझौताको कर्तुन छोप्न ओलिले अर्थमन्त्रि त देख्न नहुने । संसदा उठेर हिडिहाल्ने ।हाजिर गर्ने तलब भत्ता लिने।काम नगर्ने।कानुन कति निर्माण गर्नु छ।बन्न नदिने।यस्ता अपराधि भएसि देश लंका हुने नै हो।सत्य काम गर्नुस् सब ठिक भैहाल्छ।यहाँ सत्य गरिएकै छैन।
बैदेशिक अध्ययनको लागि लाखौ बिध्यार्थि बिदेश गै रहेका छन्।उनिहरुले पढनकै लागि नेपाली रुपैयाँ बिदेश लगि रहेका छन्।किन यस्तो भयो।देशमा अध्ययन गर्न राम्रो कलेज नभएर होला नि।उच्च शिक्षा छैन।२५ वर्ष सम्म नेपालमा पढ्यो।नोकरी छैन।उता काम पनि पाउने र पढन पनि।अनि जाने नै भयो।रुपैयाँ नि हुने।पढाइ नि हुने। यहाँ पुलिसले दुख दिन्छ।कर्मचारीले अफिसमा गयो लोभ गरेकै छ।वडा कार्यालय तिर जनता जान्छ त्यहाँ ठूलोठूलो कुरा गरि दिन्छ।केही नजानेको जस्तो गरि सिकाउँछ।जता जाउ हैरानी बाहेक केही पाउँदैन।अनि बिदेशमा नियम छ। पालना हुन्छ। शान्त छ।कम्तिमा आनन्दको सास फेर्न पाउँछ।अनि जान्छ।यहाँ बसेर नाजायत हैरानी पाउने हो।
आयात तेतिकै बढेको छ।महंगी अहिले सम्मको उच्च छ।भएभरका खेतियोग्य जमिन बाटो बनाएर जग्गा प्लटिङ गरेर दलेले सकि गो।भुमि ऐन नियम भु(उपयोग ऐन लागु हुन दिदैन।अलि अलि गर्ला जस्तो हुन्छ अदालतले रोक्छ।बिमानस्थल बनाउन खोज्यो खर्च भै सकेपश्चात रोक्छ।बिधुत टावर बनाउन लाग्यो रोकेको छ।कसले रोक्न लागाको हो।दक्षीण छिमेकी छ।उसले अहिले बिधुत किन्न परेको झोक छ।पहिले सट्टा पट्टामा बिधुत लाने लेउने थियो।अहिले दैनिक किनी रहेको छ।हामिले बेच्ने तेही हो।श्रम बेचिरहेको छ।पहिले चेलि भारत जान्थे।अहिले अरब गै रहेका छन्।उता गएसि दुख दिन्छ रोई रहेको भिडियो हालेको छ।यस्तो बैराक लाग्ने अवस्था छ।सुन्दर देश नेपालको हविगत।
जनताका अनेक आशाहरु थिएँ।व्यवस्था बदलि रहेतापनि आर्थिक रुपले प्रगति हुन सकेन।यहि मोका छोपि धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनि पुराना नि तङ्गरिन खोजे जस्तो गरिरा छन्। न तिनले केही गर्नु।हिजो देश उधोगति तिर लगेकै हुन् यिनले।फेरी आएर के गर्लान् तिनले।
जताबाट नि माओवादी तह लाउन सकिन्छ कि भनि अनेक किसिमले अनेक दल खोलिरहेका छन्।पार्टी छाडे। छोडन लगाए। केही सिप लागेको छैन। किन कि यसले परिवर्तन खोजि रहन्छ। अपरिवर्तनियले त्यो रुचाउँदैन। हाम्रो देशको ढुकुटिको साँचो अर्थमन्त्रालय हो।त्यहाँ व्यापारि पसेर यो गर त्यो गर भनि जागरि छाडेर व्यापारि कँहा जागरि खान गएको एक व्यक्ति छिरेर बजेट संसोधन गर्न लगाएको दोष लागेर मन्त्रि पद जान्छ।किन छिर्न दे को।गलत छ।सचेत हुन पर्दथियो।एक किसिमले जनार्दन असल मानिस भएतापनि यस बिषयमा दोषी हो।त्यसको सजाय प्राप्त भएको छ।
राती १२ बजे ओलिले भारतिय प्रधानमन्त्रिको बिषेश दुत सामन्त गोयलसँग भेटे। तिनले के सल्लाह दिए केकपा फुट्यो। संसद बिघटन दुई पटक भयो।यस्तो किन गर्छन्।यसको सजाय पनि ओलिले पाई रहेका छन्। अझ बुद्दि पलायो कि पलाएन थाहा भएन।ओलिलाई राति निद्रामा पनि फुटेज याद आउँछ।महरा फसाउन पनि यहि फुटेज प्रायोग भा थ्यो।अर्थमन्त्रि फसाउन नि त्यहि फुटेजको याद आउछ उनलाई।उनले सामन्त गोयललाई भेटेको फुटेज त कसैले खोजेन।कहिले नारायणहिटि बेचेको छ।कहिले अर्काले बनाईदिएको पशुपतिको धर्मशाला कमिसनमा भाडामा लगाएको छ।सुइमा न भ्रष्टाचार छ।ट्रसका सम्पतिमा अमन चयन गरेको छ।वालुवाटारका जमिन खाएको छ।अनेक थिय नि खै त ति बारे आवाज संसदा ।
एक महिनामै ३० अरवको वैदेशिक मुद्राको संचित बढेको खवर छ। असललाई कतै दोष लगाएर फेरि राष्टघातीहरुले षडयन्त्र गरेको त हैन भन्ने तर्फ समेत सचेत हुनै पर्छ।जब बजेट आयो।आफ्नो अनुकुल आएन वा अब हामी सकिने भयौ भन्ने डरले सुनियोजत त हैन भन्ने प्रश्न गर्ने ठाउँ रहेको छ।यहाँ व्यापारिले सरकार कर्मचारी किन्दो रहेछ भन्ने कुरामा त संका छैन।उनिहरुलाई छलेर जनता र देशका पक्षमा बजेट बनाउन मुस्किल छ।मुस्किल पारिरहेका छन्।मल छैन धानमा हाल्न। एक वोरा मल लिन हेटौडाबाट सिमरा गएछ किसान। हैरान कति दिएको हो। कमिशनकै लागि यो गरियो। दिउँसै रात पारि रहेका छन्। उता तेही कृषि मन्त्रिले सरकारी क्वाटरबाट लुगा धुने मेसिन घर लगेको समाचार आइरहेको छ।यस्तो लाजमर्दो अवस्था छ नेपालका नेता कर्मचारीको यहाँ।
सम्पति छानविन गरिएमा सबै ठिक हुने थियो।लंका हुने थिएन। त्यो काम होला जस्तो छैन।सबका सवको छ सम्पति।सम्पति नहुने त्यो सत्तामा पुग्दैन। त्यो नपुगि छानविन हुने भएन।हुनेले छानविन गर्नै दिदैन। वास्ता नि गर्दैन।आफू परिन्छ।अब फसाद यहि हो।हामी पनि हैरान छौ। यि सबका सबको जाँच बुझ जसले गर्छ देश हाक्छ। जसले गर्दैन त्यसले लंकाको सामान गर्न तयार बसे हुन्छ।यि र यस्ता जनचेतनाका लागि संप्रेषण गर्ने कार्यमा पुन म लागि परिरहने छु।सुझावका लागि तलको ठेगाना छँदैछ।अहिलेलाई यति।
-हेटौडा मकवानपुर,devi.gautamhtd@gmail.com 9855073529