आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।