प्लज ब्रान्डको मोबाईल अब हेटौंडामा

प्लज (PLUZZ) ब्रान्डको आकर्षक मोबाईल अब हेटौंडामा पनि उपलब्ध भएको छ । बिडब्लुजी ग्रुप अन्तर्गत Shen Zhen Geecoo Technology LTD चाइनाले प्रोडक्सन गर्ने र INFINITY INFORMATICS LIMITED ले अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्दै आईरहेको मोबाइल हेटौंडामा पनि बिक्री हुन थालेको हो ।
यो मोबाइलको हेटौंडाका लागि आधिकारीक बिक्रेता कान्तिराजपथमा रहेको न्यौपाने वाच एण्ड मोबाइल सेन्टर रहेको छ । सेन्टरका प्रोपाइटर लक्ष्मण न्यौपानले मोबाइल बिक्री सुरु भएको जानकारी दिए ।
उनका अनुसार मोबाईलमा कम्पनीले १५ महिनाको वारेन्टी दिने जानकारी दिए । आकर्षक मोबाइलमा विभिन्न फिचर, टिकाउ ब्यट्री, क्वालिटियुक्त क्यामेरालगायत रहेको न्यौपानेले बताए ।
प्रोपाइटर न्यौपानेले प्लज मोबाइल ब्रान्डले विषेश गरि फिचर फोनमा आइटेल, लावा कलर्स र स्मार्ट फोनमा मिडरेन्ज सेग्मेन्ट्को मोबाइल आइटेल, टेक्नो, इन्फिनिक्सलाई कडा प्रतिस्पर्धा दिने जानकारी दिए ।
प्लज मोबाइलको नेपालमा सिदार्थ ग्रुप अफ हस्पिटालिटी अन्तर्गत सिद्धार्थ टेक प्राईभेट लिमिटेडले आधिकारिक रुपमा आयात तथा बिक्री बितरण गरिरहेको लिमिटेडका बिजनेस हेड सुशील भेट्वालले बताए ।