हेटौंडामा पारिजात सम्मान डा.शर्मालाई

बाइलाइन नेपाल
६ बैशाख २०७९, मंगलवार ०८:२५

हेटौंडा । साहित्य संगम मकवानपुर र आर्दश टोल विकास संस्थाले सयुक्त रुपमा प्रदान गर्दै आएको पारिजात स्मृति साहित्य सम्मानबाट साहित्यकार, समालोचक डा. सिर्जना शर्मालाई सम्मानित गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा रहेको पारिजात रेष्ट गार्डेनमा पारिजातको प्रतिमा स्थलमा २९ औं पारिजात स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा साहित्यकार शर्मालाई पारिजात स्मृति साहित्य सम्मान–२०७८ बाट सम्मानित गरिएको हो ।

उनलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममका प्रमुख अतिथि हास्यव्यङ्ग्यकार आरसी रिजालले साहित्यकार शर्मालाई सम्मानपत्र प्रदान गरेका थिए ।

पारिजातको विषयमा भारतको काशी विश्वविद्यालयबाट विद्यावारिधी गरेकी शर्माले पारिजात परिशिलन, नारी विशर्म, सिर्जनाका समालोचना पुरस्कत प्रकाशित छन् । यस बाहेक उनले अनुवादन, बालसाहित्य, शब्दकोष निर्माणलगायतका क्षेत्रमा कलम चलाएकी छिन् ।

साहित्य संगम मकवानपुकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षमा भएको कार्यक्रममा १० नम्बर वडाका वडा सदस्य इन्द्र नेपाल, साधना श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, आर्दश टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेल, प्रलेश मकवानपुरका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, उपाध्यक्ष मिनप्रसाद लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, उपाध्यक्ष हेमन्त ढुंगेल, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, साहित्यकार गणेश पौडेल, चिरञ्जीवी लामिछाने, समान उपासक, गणेश पौडेल, मुक्ति गोविन्द वैद्यलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पारिजातको प्रतिमामा माल्र्यापर्णसँगै पारिजातका रचना वाचन गरिएको थियो । संगम र टोल विकास संस्थाले प्रत्येक दुई वर्षमा एक जना साहित्यकारलाई प्रदान गरिदै आएको सम्मान यसवर्षबाट प्रत्येक वर्ष प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु