कमेडीले भरिएको ‘लक्का जवान’को ट्रेलर सार्वजनिक

चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा सामाजिक कथावस्तु भन्ने प्रयास गरेको देखिन्छ । कमेडी जानरामा बनेको चलचित्र ‘लक्का जवान’मा शिवहरि पौडेल, किरण केसी, सरोज खनाल, राजाराम पौडेल, सुशील पोखरेल, दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटीलगायतत कलाकार मुख्य भूमिकामा छन् ।
शिवहरी पौडेलले निर्देशन गरेको चलचित्र वैशाख २३ गते रिलिज हुनेछ ।