प्रलेस मकवानपुरमा श्रीराम अधिकारीको नेतृत्व

बाइलाइन नेपाल
६ चैत्र २०७८, आईतवार ०७:३९

हेटौँडा । प्रगतिशील लेखक संघ मकवानपुरको आठौँ अधिवेशनले श्रीराम अधिकारीलाई अध्यक्ष चयन गरेको छ ।

शनिबार हेटौँडामा भएको अधिवेशनले उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमिल्सिनास सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लिला उर्वशी, कोषाध्यक्षमा विधान आचार्यलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा मीना श्रेष्ठ, कैलाश धिताल, सूर्यबहादुर गोले, अरुण थिङ र विक्रम घलानलाई चयन गरेको छ ।

कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति साहित्य पुरस्कार प्राध्यापक डाक्टर पशुपति तिमिल्सनालाई प्रदान गरिएको थियो । कार्यक्रम संघका केन्द्रीय महासचिव समीर सिंहको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु