बारामा बुढ्यौली साहित्य समाज गठन

बाइलाइन नेपाल
१९ फाल्गुन २०७८, बिहीबार १५:१४

हेटौंडा । बारा जिल्लामा पनि बुढ्यौली साहित्य समाजको तदर्थ समिति गठन भएको छ । बाराको सिमरामा भएको भेलाले समिति गठन गरेको हो ।

संस्मरणकार रामप्रसाद अधिकारीको सभाध्यक्षतामा भएको सो भेलाले अधिकारीकै अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा अप्सरा पुडासैनी, कोषाध्यक्षमा इसहाक हुसैन रहेका छन् । समितिको सदस्यमा राम पराजुली, मिरा पुरी र रामप्रसाद साह चयन भएका छन् ।

हास्यव्याङ्ग्यकार तथा बुढ्यौली साहित्य समाज नेपालका अध्यक्ष आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार भोलाप्रसाद अधिकारी, राजकुमार लामिछाने र रमेशमोहन अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मधुसूदन चौधरी, लक्ष्मण मुडभरी र रामप्रसाद पोखरेलले कविता पाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*