भैरव अर्याल स्मृति सम्मान उप्रेतीलाई

बाइलाइन नेपाल
१९ फाल्गुन २०७८, बिहीबार १५:००

हेटौंडा । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ ।

भैरव अर्यालको परिवारले स्थापना गरेको पुरस्कारको राशी २१ हजार एक सय ११ रुपैयाँ रहेको छ । प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गेले उप्रेतीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा कृति प्रकाशित रहेको छ ।

कार्यक्रममा भैरव अर्यालको व्यक्तित्व र कृतित्वमाथि समीक्षक घनश्याम घिमिरेले हास्य र व्यङ्ग्यमार्फत पनि सशक्त विचार अभिव्यक्त गर्न सक्नु अर्यालको शक्तिशाली पाटो रहेको स्मरण गरे ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अर्यालको प्रतिमामा माल्यार्पण गरिएको थियो । कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, तुलसी घिमिरेलगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*