हास्यव्यङ्ग्यकार लामिछानेको पहिलो कृति ‘मैले जिउन जानिनँ’

बाइलाइन नेपाल
१९ फाल्गुन २०७८, बिहीबार १४:५२

मकवानपुरे हास्यव्यङ्ग्य कवि मीनप्रसाद लामिछानेकाे हास्यव्यङ्ग्य कविता सङ्ग्रह विमाेचन भएकाे छ । बिहीबार हेटाैंडास्थित पुष्पलाल स्मृति पुस्तकालयमा आयाेजित कार्यक्रमकाबीच लामिछानेकाे हास्यव्यङ्ग्य कविता सङ्ग्रह सार्वजनिक गरिएकाे हाे ।

नेपालका चर्चित हास्यव्यङ्ग्यकार एवम् सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कृतिकार लामिछानेका बुवा लिलानाथ लामिछानेलगायतले हास्यव्यङ्ग्य कृतिकाे विमाेचन गरेका हुन् ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरकाे आयाेजनामा कृति विमाेचन तथा भैरव अर्याल स्मृति सम्मान कार्यक्रम भएकाे हाे । सिस्नपानी नेपाल मकवानपुुरका अध्यक्ष राजकुमार लामिछानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष गाम्नाङ्गेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कृतिमाथि समीक्षा गर्दै सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले वर्तमान समयका विभिन्न भाेगाईहरु व्यङ्ग्यात्मक शैलीमा कृतिमार्फत उजागर गरिएकाे बताए । हास्य र व्यङ्ग्यलाई मिलाएर प्रस्तुत गर्नु जटिल काम भएकाे बताउँदै निखिलले त्यस्ताे जटिलतालाई चिर्दै लामिछानेले उत्कृष्ट कविता पस्किएकाे बताए । सङ्ग्रहमा ४१ वटा हास्यव्यङ्ग्य कविता रहेका छन् ।

कार्यक्रममा बाेल्दै कृतिकार लामिछानेले विचार र कलालाई एकसाथ पस्कनु चुनाैतीपूर्ण रहेकाे बताउँदै आफूले हास्यव्यङ्ग्यका साथमा विचारसमेत प्रदान गर्ने प्रयास गरेकाे बताए । प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गेले हास्यव्यङ्ग्यकाे लागि मकवानपुर उर्वर भूमि बन्दै गएकाे बताए । लामिछानेकाे सङ्ग्रहले वर्तमान समयका अनेकन विकृतिमाथि व्यङ्ग्य गरेकाे उनकाे भनाइ थियाे ।

कार्यक्रममा हास्य व्यङ्ग्यकार आरसी रिजालले आफ्ना भनाइहरु राखेका थिए भने चिरन्जीवी लामिछाने, संप्रश पाैडेल, गाेविन्द पाैडेललगायतले हास्यबव्यङ्ग्य रचना बाचन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*