लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु

बाइलाइन नेपाल
२९ माघ २०७८, शनिबार १२:१५

लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली शुरु भएको छ । शनिबार लिबियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी नन्तबहादुर सिंहको नेतृत्वमा ७० जना नेपाली शान्ति सैनिक त्यसतर्फ प्रथान गरेको छ ।

युएन चार्टर्ड फ्लाइट नेपाल एयरलाइन्समार्फत काठमाडौँबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको सेनाले जनाएको छ । कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको सेनाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली सेना विभिन्न मिसनहरुमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु