‘ह्यारीकी प्यारी’ को लागि पर्वत पुगिन् साम्राज्ञी

बाइलाइन नेपाल
२५ माघ २०७८, मंगलवार १२:२७

केही अगाडि आफ्नो युट्युव च्यानल संचालनमा ल्याएर आफुलाई पनि युट्युबरको भिडमा उभ्याएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सुटिङमा फर्किएकी छन् । करिब एक वर्षपछि उनी ‘ह्यारीकी प्यारी’ फिल्म मार्फत सुटिङ सेटमा देखिएकी हुन् ।

फिल्म ‘ह्यारीकी प्यारी’ को सुटिङ सेटबाट एक तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै उनले आफु सुटिङमा रहेको जानकारी दिएकी हुन् । फिल्मको यतिबेला पर्वत जिल्लाको बिभिन्न स्थानमा छायांकन भइसकेको छ ।

हास्य कलाकार जीतु नेपालको मुख्य भुमिका रहने फिल्ममा उनी जीतुको जोडीको रुपमा देखिन लागेकी हुन् । कपिल रिजालको निर्देशन रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ ।

‘ड्रिम्स’ बाट अभिनयमा डेब्यु गरेकी उनको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि हिट भएको थियो । त्यसपछि ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ लगायत फिल्म उनको सफल हुन सकेन ।

पहिलो चरणको लकडाउनपछि फिल्म ‘तिम्रो मेरो साथ’ मा काम गरेकी उनले त्यसपछि काम गरेको फिल्म ‘ह्यारीकी प्यारी’ हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु