यी सुल्तान जो सुनबाट बनेको गाडी चढछन् र सुनबाटै बनेको महलमा बस्छन्

एजेन्सी
१९ माघ २०७८, बुधबार २०:३५

विश्वमा धनिभन्दा धनि व्यक्तिहरु छन् । केहीसँग यति सम्पत्ति छ कि उनीहरु आफू बस्ने घर सुन र हिराबाट बनाउँछन् भने कार पनि सुन पनि कारकै चढ्छन् । यस्तै, एक सुल्तान छन् जोसँग लगभग ७ हजार कारहरु छन् । उनीसँग भएका कार कलेक्शनमा रोल्स रोयस, मर्सिडिज, फेरारी, बेन्टले आदि छन् । उनीसँग यति सम्पत्ति छ कि उनी सुनको सिंहासनमा बस्छन् । र, सुनबाट बनेको कार चढ्ने गर्छन् ।

७ हजार कारसहित अथाह सम्पत्तिका मालिक हुन्, हसनल बोलकिया । उनी ब्रुनई (बोर्नियो द्वीप अन्तरगतको एउटा देश) का वर्तमान सुल्तान तथा प्रधानमन्त्री हुन् । उनी विश्वका धनि व्यक्तिहरुमध्ये एक हुन् । उनले ब्रुनईमा शासन गरेको ५० वर्षभन्दा बढी भइसकेको छ । सन् १९८० मा हसनल विश्वकै धनि व्यक्ति थिए ।

उनले केही समयअगाडि मात्रै आफ्नो शासन कालको ५० औं वर्ष पुगेको उपलक्ष्यमा उत्सव मनाएका थिए । उनले परिवारले उक्त देशमा करिब ६ सय वर्षदेखि राज गर्दै आएको छ । उनले २१ वर्षको उमेर सन् १९६७ मा राज शासन गर्न सुरु गरेका थिए ।

रिपोर्टका अनुसार हसनलसँग ७ हजार कार छ । जसमा ६ सयभन्दा बढी रोल्स रोयस, ५७० वटाभन्दा बढी मर्सिडिज बेन्ज, ४ सय ५० वटा फेरारी, ३ सय ८० वटा बेन्टल, १ सय ३४ वटा कोयनिगेग्स र अन्य कारहरु छन् । उनले चढ्ने कारमा सुनको जलप लगाइएको छ । एक रिपोर्टका अनुसार हसनलसँग व्यक्तिगत प्राइभेट प्लेन छन् । उनीसँग भएको जेटमध्ये एउटामा सुनको जलप लगाइएको छ ।

उनीसँग करिब १४ हजार ७ सय करोड (भारतीय रुपियाँ) भन्दा अधिक सम्पत्ति छ । उनको कमाईको मुख्य स्रोत तेल र प्राकृतिक ग्यास हो । उनको महलको नाम इस्ताना नुरुल ईमान प्यालेस हो । जसको मूल्य २ हजार ५ सय ५० करोड रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*