बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते

बाइलाइन नेपाल
२ माघ २०७८, आईतवार १२:३५

धारामा कपडा धोइरहेका दुईजनालाई बोलेरोले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–२ निशंखेस्थित धारामा कपडा धोइरहेका चण्डिका फुयाल र रूपा दाहाललाई सडकमा गुडिरहेको बोलेरो ब्रेक फेल भएर ठक्कर दिएको थियो ।

ना १ ज ४९५१ नम्बरको नौ जना यात्रु बोकेको बोलेरो ब्रेक फेल भएर अनियन्त्रित हुँदा धारामा कपडा धुने व्यक्तिलाई ठक्कर दिन पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चोट लागेको छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएको छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु