नाटक ‘पुतलीको घर’ सँगै फर्कियो गुरुकुल

बाइलाइन नेपाल
२ माघ २०७८, आईतवार १२:०३

एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि खुलेको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा ‘गुरुकुल’ सञ्चालनमा आएको हो । रंगकर्मी सुनील पोखरेलले नै यो थियटर सञ्चालनमा ल्याएका हुन् ।

वि.सं २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुलको रुपमा स्थापना भएको थिएटर जग्गा अभावका कारण २०६८ मा बन्द भएको थियो । थिएटरको उद्घाटन चित्रकार किरण मानन्धर र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुनः सुरु भएकोमा खुसीमा थिएटर परिसरमा विभिन्न चित्रहरू कोरेका थिए भने कविहरू विप्लव प्रतिक, शारदा शर्मा, मोमिला र मणि लोहनले कविता वाचन समेत गरेका थिए ।

थिएटर सुरु भएसँगै सुनील पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन सुरु भएको छ । नाटकमा सुनिल पोखरेल, निशा शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु