कलैया उपमहानगरपालिकामा पुस २७ गते सार्वजनिक विदा

बाइलाइन नेपाल
२५ पुष २०७८, आईतवार १७:४१

बाराको कलैया उपमहानगरपालिकाले पुस २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण साहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

विज्ञप्तिमा उनले २०७५ चैत्र २९ गतेको तेश्रो नगरसभाको निर्णयलाई आधार मानेर पुस २७ मा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरेका छन् । सो दिन कलैया उपमहानगरपालिकाभित्रका सबै कार्यालय साथै मातहतका सबै वडा समितिका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा हुने उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु