एमाले डडेल्धुराको अध्यक्षमा साउद

बाइलाइन नेपाल
२५ पुष २०७८, आईतवार १६:२५

नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै समर्थन गरेका हुन् ।

यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु