मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’ सार्वजनिक

दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज भएको छ । ‘ह्पाप्पी हार्ट’ शीर्षकको उक्त गीतमा उनीहरू दुवैजना फिचर्ड छन् ।
गीतमा कलाकार श्रेष्ठकी छोरी तथा गायिका/निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ । सार्वजनिक गीतमा संगीत पनि कलाकार श्रेष्ठकै छोरा यमन श्रेष्ठले भरेका हुन् ।