ओलीको दावी : गठबन्धन सरकार महासंकटमा, निर्वाचनको विकल्प छैन

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।
नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे । उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे ।
अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने ।
ओलीले हिजोको दिनमा अध्यादेश ल्याउँदा प्रतिगमन भयो भन्नेहरू आज आफैं अध्यादेश ल्याउने खेलमा लागेको स्मरण गर्दै विधि पद्धति र नैतिकताका कुरा देखाउने दाँत मात्रै रहेको स्पष्ट पारे । संसद् चालू रहेको अवस्थामा अध्यादेश फिर्ता लिएको सूचना जारी गर्नु पनि संविधानविरोधी कार्य भएको ओलीले दाबी गरे ।
एमाले अध्यक्ष ओलीले वर्तमान अपवित्र गठबन्धनको सरकारले विभिन्न वहानामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कमजोर बनाउने काम गरेको र त्यो आपूmहरूका लागि सह्य नहुने चेतावनी दिए । ‘अहिले देशलाई बर्वाद पारिँदै छ, लोकतन्त्र धरापमा पर्ने खतरा बढेको छ, यसविरुद्ध एमालेले सशक्त प्रतिरोध गर्नेछ,’ अध्यक्ष ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आपूmहरूको निर्णय रोकेर सर्वोच्च अदालतले गल्ती गरेको दोहो¥याए । अहिले संसद् चल्न सकेको छैन त्यसैले ताजा जनादेशबाट नयाँ संसद् नबन्दासम्म भद्रगोल अवस्थामा रहेको संसद् चल्न सक्दैन् ।’ अध्यक्ष ओलीले भने । ओलीले सत्यभन्दा माथि अदालत पनि नहुने भएकाले सर्वोच्चले गरेको असत्य फैसलालाई राम्रो भन्न नसकिने स्पष्ट पारे । ओलीले अदालतको पछिल्लो गतिविधिले जनतामा यसप्रतिको विश्वास र आशा घटेर गइरहेको बताए । राजधानी दैनिकमा खबर छ ।